गुडिरहेका मिनी बस र माइक्रो बस अनियन्त्रित भई पल्टिँदा १३ जना घाइते

काठमाडाैं, श्रावण २६ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनी बस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनकाअनुसार करिब एक सय मिटरको दूरीमा दुई वटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको थियो ।
लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग. १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा. ४ ख ४४७० नम्बरको मिनी बस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।
प्रतिक्रिया