उपचार नपाएर सहकारी पीडित स्थापितकाे मृत्यु, सडकमा शव राखेर प्रदर्शन

प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार १४:०९


काठमाडाैं, श्रावण २७ ।
सहकारी ठगीमा परेका एक पीडितको पैसाकाे अभावले उपचार नपाएर मृत्यु भएको पारिवारिक श्राेतले बताएको छ । वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको हो ।

स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन् । साे सहकारीमा मृतक स्थापितकाे १ कराेडभन्दा बढी रकम फसेकाे जनाएकाे छ ।

निःसन्तान स्थापित दम्पतीलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकको रकम सहकारीमा सार्न लगाएर ठगी गरेको आफन्तले बताएका छन् ।

स्थापितको एक करोड बढी सहकारीमा भए तापनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको भन्दै सहकारी पीडित र आफन्तहरूले सडकमा शव राखेर विरोध प्रदर्शनसमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....