विराटनगरकाे लाइफगार्ड अस्पतालकाे आईसीयूमा आगलागी

प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार १७:४३


काठमाडाैं, श्रावण २७ ।
विराटनगरको एक अस्पतालमा आगलागी भएको छ । लाइफगार्ड अस्पतालको आईसीयू कक्षमा आगलागी भएको हो ।

अस्पतालका एक स्वास्थ्यकर्मीकाअनुसार आईसीयूमा बिरामी भने काेही पनि नरहेको र आईसीयू खाली रहेका बेला आगलागी भएको बताएका छन् । खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरू भने त्रसित बनेका छन् ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको छ तर, आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....