प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाे समर्थनमा साेमबार पनि युवाहरूकाे प्रदर्शन
काठमाडाैं, श्रावण २८ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज सोमबार पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
घिसिङकै कारण मुलुकको विद्युत् क्षेत्र बलियो भएको भन्दै युवाहरूले उनको समर्थनमा प्रदर्शनलाई जारी राखेका हुन् । उनीहरूले ठूला उद्योगीहरूलाई विद्युत्को बक्यौता छुट दिन नहुने मागसमेत गरेका छन् ।
उनीहरूले बक्यौता रकम असुल गर्ने कामबाट फिर्ता नहुन घिसिङलाई आग्रह पनि गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘२२ अर्ब विद्युत् बक्यौता रकम असुल गर, विद्युत् प्राधिकरणभित्रको चलखेल बन्द गर’लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
यसअघि, शनिबार घिसिङको समर्थनमा निस्किएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । साे झडपमा दर्जनभन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया