प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडाैं, श्रावण ३० ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । आज बुधबारको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।
संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई सोही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित श्रावण १४ गते तीन वटा रिट परेका थिए ।
बुधबार उक्त रिटमाथि सुनुवाइका लागि बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।
यसअघि, न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्ति बारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।
निवेदकले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यसअनुसार सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेका थिए ।
प्रतिक्रिया