उच्च अदालत पाटनका न्यायाधीश रेग्मीकाे ६१ वर्षकाे उमेरमा निधन

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार १०:१६


काठमाडाैं, श्रावण ३१ ।
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको गएराति निधन भएको छ ।

उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठकाअनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो । पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए । उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्‍टि हुने परिवारिक श्राेतले जनाएको छ । न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन् ।

न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए ।

उच्च अदालत पाटन, हेटौँडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए । पछि उनी जनकपुरबाट पाटनमा सरुवा भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....