बोलेरो जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, ११ घाइते

काठमाडाैं, श्रावण ३१ ।
सिन्धुलीको कमलामाई नगरपालिका-२ स्थित चियाबारीमा बोलेरो जीप दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कटवालले जानकारी दिएका छन् ।
गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा. २० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको कटुवालले जानकारी दिए । दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका-६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मस्र्याङ्गी मगर र ३५ वर्षीय पवन मस्र्याङ्गीको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् ।
प्रतिक्रिया