भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा २३ वर्षीया स्कुटर चालकको घटनास्थलमै मृत्यु, ट्रकमाथि तोडफोड

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार १८:०३


काठमाडाैं, श्रावण ३१ ।
भक्तपुरको गठ्ठाघरमा ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीकाअनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोलखाको मेलुङ-४ की २३ वर्षीया सुश्मा नेपालीकाे घटनास्थलमै मृत्यु भएको हो । तीब्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ । उनकाे कम्मरमुनिकाे भाग मात्र बाँकी रहेकाे थियाे माथिकाे भाग पूर्ण रूपमा क्षतविक्षत अवस्थामा प्लाष्टिकले छाेपेर राखिएकाे थियाे । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

प्रत्यक्षदर्शीकाअनुसार स्कुटर चालक नेपालीकाे घिसारेर लग्दासमेत पनि सास भने बाँकी रहेकाे र पछि ट्रक चाकलले ट्रकलाई ब्याक गरेर क्षतविक्षत गरी ज्यान मारेकाे बताएका छन् ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोडसमेत गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर-कोटेश्वर सडकखण्ड र सानोठिमी-जडीबुटी-पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियाे भने स्थिति तनावग्रस्त अवस्थामा पुगेपछि स्थानीय र प्रत्यक्षदर्शीहरूले नारासमेत लगाएपश्चात् त्यहाँ परिचालित प्रहरीले केही सेल अश्रु ग्याँससमेत प्रयाेग गरी भीडलाई तितर-बितार पारिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....