गठ्ठाघर घटना : मृत्यु भएकाे समाचार थाहा पाएपछि युवती प्रहरी सम्पर्कमा, पुनः सनाखत प्रक्रिया अगाडि बढ्याे

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहीबार २०:२३


काठमाडाैं, श्रावण ३१ ।
भक्तपुरको गट्ठाघरमा आज बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान जाने महिलाको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया अघि बढाइएकाे छ ।

यसअघि, दोलखाको मेलुङ गाउँपालिका-४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो । तर उनले गलत जानकारी दिएको खुलेको छ ।

आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती प्रहरीको सम्पर्कमा आएकी छन् । प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुङ्गाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ । यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि फेला परेको छ ।

बिहीबार दिउँसो करिब सवा २ बजेतिर गट्ठाघरमा ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियाे । ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई निकै परसम्म घिसारेको थियो र मृतकको शरीर क्षतविक्षत भएको थियो ।

घटनापश्चात् प्रहरीले केही सेल अश्रु ग्याँससमेत प्रहार गरी भीडलाई नियन्त्रणमा लिइएकाे थियाे ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....