मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडाैं, भाद्र १ ।
मकवानपुरको हेटौँडा उपमहनगरपालिका-९ धापमा आज शनिबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मयुरधापबाट हेटौँडा बजारतर्फ जाँदै गरेको वागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांस अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया