सुनचाँदी कारोबारको पहिलो दिन सुन हालसम्मकै उच्च रेकर्ड कायम

काठमाडाैं, भाद्र २ ।
नेपाली बजारमा सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आइतबार सुन तोलामा ३ हजारले बढेर १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रति तोला ५० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया