सहकारी ठगी प्रकरणमा रास्वपाका सह-महामन्त्रीसँग लियो बयान

काठमाडाैं, भाद्र २ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-महामन्त्री विपिनकुमार आचार्यसँग ‘सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले बयान लिएको छ ।
आज आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् । आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ ।
समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको बचत रकम दुरूपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ । समितिले अब बयान लिने क्रम अन्तिम चरणमा पुगेको भन्दै त्यसपछि प्रतिवेदन लेखनमा केन्द्रित हुने जनाएको छ ।
प्रतिक्रिया