प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता

प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार १५:०९


काठमाडाैं, भाद्र २ ।
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आज आइतबार खरेलविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।

खरेलले ‘सुराकी बापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौँ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी रहेकाे छ ।

कानूनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेबापत निश्चित रकम प्रोत्साहनस्वरूप दिने व्यवस्था गरे तापनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....