जुवातास खेलिरहेकाे अवस्थामा काठमाडाैंबाट ९ जना पक्राउ

प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार २०:२२


काठमाडाैं, भाद्र २ ।
काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेलसहित प्रहरीले ९ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

उनीहरूलाई निगरानी राखी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

चाडबाड नजिकिएसँगै अहिले जुवातास खेल्ने क्रम विस्तारै बढ्दै गइरहेकाे र यसलाई निर्मूल पार्न प्रहरीले हरसम्भव जारी राख्ने प्रहरीकाे भनाई रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....