राति देशभर माैसम बदली, केही प्रदेशमा चट्याङसहित वर्षा

प्रकाशित मिति: ४ भाद्र २०८१, मंगलवार १९:२२


काठमाडाैं, भाद्र ४ ।
आज मंगलबार साँझ देशभर मौसम आंशिकदेखि साधारणतया बदलीसँगै आकाशमा बादल लागेकाे छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

यसैगरी, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाे छ ।

साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....