बाल सुधार गृहबाट तार नाघेर दुई बालक फरार

काठमाडाैं, भाद्र ४ ।
विराटनगरको बाल सुधार गृहबाट दुई जना बालक फरार भएका छन् ।
कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाँय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधार गृहमा रहेका दुई बालक फरार भएको मोरङका डीएसपी एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
दुबै जना बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए । उनीहरू आज मंगलबार दिउँसो करिब ३ बजेतिर तार नाघेर भागेका हुन् ।
अदालतले कोशी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाँय सुनाएको थियो ।
बराहक्षेत्र नगरपालिका-११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया