अनामनगरस्थित संगीत उद्याेगकाे कार्यालयमा प्रहरीकाे छापा, कागजात बरामद

प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार १३:४१


काठमाडाैं, भाद्र ५ ।
नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ । काठमाडाैं महानगरपालिकाकाे अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि भनी कागजात संकलन गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले बताएका छन् । रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहबरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ ।’

ब्यूरोले कार्यसमिति बैठकका निर्णय, लेटर प्याड र कम्प्यूटरसमेत बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको गाेप्य सूचनाको आधारमा ब्यूरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....