नक्कली प्रमाण पत्र पेश गरी जागिर खाने दुई जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: ६ भाद्र २०८१, बिहीबार १६:५३


काठमाडाैं, भाद्र ६ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाण पत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत छैटौँ पदमा कार्यरत हिमा डुम्रे न्यौपाने र कपिलवस्तुको यशोधरा गाउँपालिकामा सीअनमी निरीक्षक अधिकृत छैटौँ पदमा कार्यरत सरस्वती वली क्षेत्रीविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डुम्रे न्यौपानेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ । यस्तै सरस्वतीले पनि एसएलसीकै नक्कली प्रमाण पत्र पेश गरेको पाइएको अख्तियारले जनाएको छ ।

शैक्षिक योग्यताका नक्कली प्रमाण पत्र पेश गरी लाभ एवं सुविधा लिई भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....