अन्नपूर्ण क्षेत्र केन्द्रबिन्दु बनाएर ४ दशलमव २ रेक्टर स्केलकाे भूकम्प

प्रकाशित मिति: ६ मंसिर २०८१, बिहीबार १४:३९


काठमाडाैं, मंसिर ६ ।
पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दू बनाएर आज बिहीबार भूकम्प गएको छ

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान १० बजेर १३ मिनेटकाे समयमा कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ४ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको हो

यसअघि, गत कार्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो  नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ 

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा पनि लिने गरिन्छ


प्रतिक्रिया


ताजा खबर

More