काठमाडाैं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण, काठमाडाैं नवाैँ प्रदूषण शहर

प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार १३:०३


काठमाडाैं, मंसिर ११ ।
काठमाडाैं उपत्यकासहित देशका विभिन्न शहरमा हाल वायु प्रदूषण बढ्दै गइरहेको छ । आज मंगलबार काठमाडाैं विश्वको नवौँ प्रदूषित शहर बनेको छ ।

काठमाडाैंको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । हाँडीगाउँमा भने एक्वूआई १ सय ८८ सम्म पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ । त्यसैगरी, मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ । १५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने देखिएको छ । अबको केही दिन नेपालमा वायु प्रदूषण बढ्दै जाने त्रिभुवन विश्वविद्यालयको मौमस विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिएका छन् ।

भारतमा धान काटेपछि पराल जलाउँदा ठूलो मात्रामा प्रदूषण उत्पन्न हुने गरेको छ । त्यसको असर नेपालमा पनि अब देखिन थालेको हो । तत्काल पानी पर्ने सम्भावना नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने देखिएको पोखरेलको भनाई रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More