माओवादी केन्द्र र समाजवादी फोरमबीच महानगरसहित चारवटा स्थानीय तहमा तालमेल

प्रकाशित मिति: ४ असार २०७४, आईतवार ११:४२


विराटनगर, असार ४ ।
नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपालले मोरङको विराटनगर महानगरपालिकासहित चारवटा स्थानीय तहको निर्वाचनमा तालमेल गरेको छ ।

ती दुई पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख र उप–प्रमुख पदमा तालमेल गरिएको र अन्य पदमा आ–आफ्नै तरिकाले निर्वाचनमा सहभागी हुने जानकारी गराएको छ ।

सोअनुसार विराटनगर महानगरको प्रमुख पदमा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार उमेश यादवलाई र उप–प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार नमिता न्यौपानेलाई सघाउने सहमति भएको माओवादी केन्द्रका जिल्ला संयोजक, गोपी अछामीले जानकारी दिए ।

त्यस्तै, रतुवामाई नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका प्रकाश पौडेल र उप–प्रमुखमा नारायण ताजपुरियालाई सघाउने सहमति भएको सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए ।

त्यस्तै, धनपाल गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका विक्रम पासवान र उप–प्रमुखमा सङ्घीय समाजवादी फोरमका इन्द्रमणि देवी मण्डललाई र कटहरि गाउँपालिकाको प्रमुखमा सङ्घीय समाजवादी फोरमका श्याम मण्डल र उप–प्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । उप–प्रमुखका उम्मेदवारको छनोट केहीबेरमा हुने माओवादी केन्द्रका संयोजक अछामीले जानकारी दिए ।

सो अवसरमा लिम्बुवान प्रदेशका सहइन्चार्य भुराज राईले यी पार्टीबीच चारवटा स्थानीय तहमा भएको सहमतिका साथै अन्य स्थानीय तहमा पनि सहमति हुनसक्ने सम्भावना व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....