मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ ।
वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं.-२ स्थित दिब्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटशलमा गत वर्ष जस्तै “दोश्राे प्रदेशस्तरीय 5S हक्की च्याम्पियनशीप-२०२५” प्रतियोगिता आयाेजना हुन लागेकाे हाे । उक्त प्रतियोगितामा वागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशले सहभागिता जनाउने भएकाे छ ।
नेपालमा हक्की खेलको विकास, प्रबर्द्धन गर्न र बिद्यमान प्रदेशस्तरीय हक्की खेलाडीहरूको क्षमत्ता तथा सम्भाब्यता पहिचान गरी नेपाललाई हक्की खेलामा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले यो खेलकाे आयोजना गर्न लागिएको वागमती प्रदेश हक्की संघका कार्यबाहक अध्यक्ष रामराजा बस्नेतले जानकारी गराएका छन् । भक्तपुर जिल्लामा नै पहिलो चोटी हक्कीको प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको पनि उनले बताएका छन् । सो प्रतियोगितामा प्रथम र द्वितीय हुने सफल भएकाे टीमलाई ट्रफी, नगद तथा प्रमाण-पत्र दिइने उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया