बेगनास तालमा बेपत्ता भएका राजेश श्रेष्ठ मृत अवस्थामा फेला

प्रकाशित मिति: २७ जेष्ठ २०८२, सोमबार १३:००


काठमाडाैं, जेठ २६ ।
पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता गोरखाका राजेश श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा बेपत्ता भएका गोरखाको शहीद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय श्रेष्ठको शव तालको गहिराइमा भेटिएको हो ।

बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर-२४ कालीका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

गोताखोर टोलीले श्रेष्ठको शव आज सोमबार बिहान १० बजेतिर तालको ३५ फिट गहिराइबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....