लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

प्रकाशित मिति: २७ जेष्ठ २०८२, सोमबार १९:४७


काठमाडाैं, जेठ २६ ।
ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा आगामी आ. व. २०८२/०८३ को योजना तर्जुमाको लागि आज साेमबार वडावासीहरूको सुझाव संकलन गर्न वडा भेला कार्यक्रमकाे आयाेजना गरी सम्पन्न गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र पुरुष ढकाललगायत स्थानीय बासिन्दा, युवा, महिला समूह, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि तथा विभिन्न पेशागत समूहहरूबाट उल्लेखनीय वडाबासीहरूकाे उपस्थिति रहेको थियो।

सहभागीहरूले स्वास्थ्य, सरसफाइ, ढल, सूचना प्रविधि, सेवा प्रवाह, विपद् व्यवस्थापन, लक्षित वर्गको क्षमता विकास, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना धारणा, गुनासा तथा सुझावहरू खुलस्त रूपमा प्रस्तुत गरेका थिए ।

वडा अध्यक्ष निर्मल तण्डुकारकाअनुसार प्राप्त राय सुझावलाई प्राथमिकताको आधारमा बजेट सीमाभित्र रहने गरी आगामी बजेटमा समावेश गर्नेमा जाेड दिएका छन् । आगामी योजनामा स्वास्थ्य, फोहोरमैला, सार्वजनिक पार्क निर्माण, सूचना प्रविधि, संस्कृति सम्पदालगायत याेजनाहरू समावेश गरिएका छन् ।







प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....