प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक लिमिटेड र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रबर्द्धन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ । यस सहकार्यअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा निम्न छुटहरू पाउन सक्नुहुनेछ :
• होटल कोठामा १५५ छुट
• खाना तथा पेय पदार्थमा ५५ छुट
यी छुट अफरहरूले ग्राहकहरूलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।
जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपर्युक्त गन्तव्य हो ।
प्रतिक्रिया