सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ ।
सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोलामा ३ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघले यस दिनका लागि मूल्य प्रति तोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रति तोला २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया