अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ ।
अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरू चार्टर्ड विमानमार्फत् अहिले भर्खरै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।
अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिला काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक जना अधिकृतले बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । आज आइतबार आएकाहरूसँगै ट्रम्पले शासन सम्हालेपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १ सय ६३ जना पुगेको छ ।
प्रतिक्रिया