प्रधानमन्त्री देउवा बालुवाटार सर्न पूजासहित बोका बलि दिने तयारी

प्रकाशित मिति: ४ असार २०७४, आईतवार १२:१६


काठमाडौं, असार ४ ।
प्रधानमन्त्रीमा निर्वाचित भएको १४ औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका छन् ।

रंग रोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।

सोमबार पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ ।

यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । यसपालिको पूजामा पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....