एमालेविरुद्ध फैलाइएको भ्रमको जवाफ दिँदै राजपाका कोषाध्यक्ष एमालेमा प्रबेश

प्रकाशित मिति: ४ असार २०७४, आईतवार १२:२६


काठमाडौं, असार ४ ।
राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराएका हुन् ।

यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेशमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताएका छन् । एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् ।

यादवको २०६६ माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपाको सक्रिय राजनीतिमा आएकी थिइन् ।

उनी दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा–५ को उम्मेदवार भएकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....