मनोनयन दर्ता हुँदै गर्दा बम विष्फोट, दश घाइते, तीनको अवस्था गम्भीर

प्रकाशित मिति: ४ असार २०७४, आईतवार १४:५६


कपिलवस्तु, असार ४ ।
दोश्रो चरणको चुनावका लागि बाणगंगा नगरपालिकामा मनोनयन दर्ता भइरहेकै बेलामा करिब चार किलोमिटरको दूरीमा बम विष्फोट भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटमा परी १० जना घाइते भएका छन् भने तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि ४ नम्बर सामुदायिक अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । बाणगंगा नगरपालिका–४ गजेहडामा दिउँसो साढे १ बजेतिर बम विष्फोट भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

विष्फोट कसले गराएको भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापश्चात् प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीब्र पारिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....