एउटा झडप सेलाउन नपाउँदै कांग्रेस र एमालेबीच अर्को झडप, एकको मृत्यु

बाजुरा, असार ४ ।
बाजुराको छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्न जाने क्रममा झडप भएको छ । कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको उक्त झडपमा परी घाइते भएका हंशबहादुर रावतको उपचारको क्रममा सदरमुकाम मार्तडीमा मृत्यु भएको छ ।
कांग्रेसका १० भन्दाबढी कार्यकर्ता सख्त घाइते भएका छन् । त्यहाँको स्थिति अहिले तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएको छ । विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ ।
यसैबीच, सामान्य विवादले उग्र रूप लिएसँगै नेपालगञ्जमा तनाव सुरु भएको छ । मनोनयन दर्ता गराएर फर्किने क्रममा भएको सामान्य विवाद चर्किंदै गएपछि बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादीका कार्यकर्ताहरूबीच झडप भएको हो ।
मनोनयनका लागि नाचगान गर्दै आएका माओवादी कार्यकर्ताले एमालेले गरिरहेको कार्यक्रम नजिक आएर भाषण गर्न थालेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । विवादपछि दुबै पक्षबीच ढुङ्गामुढा सुरु भएको हो ।
ढुङ्गाले लागेर दुई जना घाइते भएका छन् । प्रहरी नायब निरीक्षक विश्वजित गौतम र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुबैको नेपालगञ्जस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुँ ग्याँस र २० राउण्ड हवाई फायर गरेको छ । सहमतिका लागि अहिले दुबै पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
र, याे पनि पढ्नुहाेस्
http://liveofnepal.net/archives/10410
प्रतिक्रिया