‘मधेशका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो’ पूर्वप्रम खनाल

इलाम, असार ५ ।
नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भने । ‘मधेशका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो ।’
पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरेका छन् । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको भन्दै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भने ।
प्रतिक्रिया