कांग्रेसले मुलुकको समृद्धि र विकासमा कायापलट गरेर देखाउँछ : नेता कोइराला

पाँचथर, असार ६ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको स्थानीय तहको निर्वाचनपछि यो मुलुकको समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने बताएका छन् ।
फिदिम नगरपालिका वडा नं. १२ डेरी बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको र अब संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजाने जिम्मा पनि कांग्रेसकै काँधमा आएको बताए ।
अब अरू दलका उम्मेदवारलाई मत दिएर खेर जाने तर मतको सुरक्षा गर्दै कांग्रेसका उम्मेदवारलाई मत दिएर जिताएको खण्डमा उनीहरूले मात्रै विकास र समृद्धि गर्ने बताए ।
प्रतिक्रिया