नेपाल–चीनबीचको ११ औँ कूटनीतिक परामर्श बैठक आजबाट राजधानीमा

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार ०८:३५


काठमाडौं, असार ६ ।
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक आज बस्ने भएको छ । दुई देशको पारस्परिक हीत र चासोका विषयमा विचार–विमर्श हुने गरी बैठक बस्न लागेको हो ।

बैठकमा नेपालमा जारी विकास–निर्माणका आयोजना, चीनियाँ सहयोग तथा लगानी वृद्धिलगायतमा आपसी सहकार्य र सहायताबारे छलफल केन्द्रित हुनेछ । सचिवस्तरीय उक्त संयन्त्रको बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका साथै चीनले अगाडि सारेको वृहत् परियोजना ओबोरमा नेपालले हस्ताक्षर गरिसकेको सन्दर्भमा त्यसबाट नेपालले प्राप्त गर्ने सहायताबारे पनि छलफल हुने बताइएको छ ।

हरेक चार वर्षको अन्तरालमा बस्ने सो बैठकमा सहभागिता जनाउन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यूसहित पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नै नेपाल आइसकेका छन् । उक्त प्रतिनिधिमण्डलले भोलि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । यसैबीच, बसन्तपुर दरबार स्क्वायरमा जारी रहेको पुनःनिर्माणबारे पनि सो टोलीले निरीक्षण तथा जानकारी लिने कार्यक्रमसमेत तय गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....