‘अहिले देशमा हाम्रो सत्ता आएको छैन, आएपछि मात्र चुनावमा जाने’ भन्दै उम्मेदवारको घरमा बम

रूपन्देही, असार ६ ।
दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा रूपन्देहीको सदरमुकाम सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार सागरप्रताप राणाको घरमा प्रेसर कुकर बम फेला परेको छ ।
गएराति करिब ९ बजेको समयमा राणाको घरको मूलगेट अगाडि बोरामा राखेको अवस्थामा बम फेला परेको हो । गेट अगाडि भेटिएको शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरेर बम हटाइएको थियो ।
बोराभित्र अवध स्वायत्त प्रदेश नामको पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ । पर्चामा ‘अहिले देशमा हाम्रो सत्ता आएको छैन, हाम्रो सत्ता आएपछि मात्र चुनावमा भाग लिने’ जस्ता शब्दहरू प्रयोग गरिएको रूपन्देही जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चुनाव बिथोल्ने र आतंक मचाउन विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।
प्रतिक्रिया