‘एमालेकै दबाबमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य’ : पूर्वसभामुख नेम्वाङ

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १०:२६


इलाम, असार ६ ।
नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताएको छ ।

‘सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर नेकपा (एमाले)को निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो’ नेम्वाङले भने ।

नेकपा (एमाले)द्वारा माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उपनेता नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न सरकार उद्दत रहेको बताएका छन् ।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उनले जनता एमालेकै पक्षमा रहेको जिकिर गरे । आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उनले सरकारले गरेका गल्तीका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....