राजपासँग भएको समझदारी अनुसार निर्वाचन सारिएको : नेता निधि

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १०:४७


चितवन, असार ६ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताएका छन् ।

आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताए ।

दोश्रो र तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो शक्ति हुने दाबी गर्दै नेता निधिले असार १४ गतेको निर्वाचन प्रारम्भ भइसकेकाले कसैको तागतले रोक्न नसक्ने समेत बताए ।

अर्को एक प्रसङ्गमा बोल्दै नेता निधिले भरतपुर महानगरपालिका–१९ को पुनःमतदान गर्न सर्वोच्चले रोक्न नहुने बताए । निर्वाचन आयोगले पुनःमतदान गर्ने भनिसकेकाले अब सर्वोच्च अदालत संवैधानिक आयोगको निर्णयविरुद्ध जान नसक्ने बताए ।

सर्वोच्चको निर्णय आइसकेपछि कुनै पनि समयमा वडा नम्बर १९ को मतदान हुने भन्दै उनले निर्वाचनमा जुट्न सबैलाई आग्रह समेत गरे ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....