नेपाल र चीन परामर्श संयन्त्रको ११ औँ बैठक सुरु

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १२:१४


काठमाडौं, असार ६ ।
नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक आज परराष्ट्र मन्त्रालयमा सुरु भएको छ । चार वर्षको अन्तरालमा भएको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

उक्त बैठकको कार्यसूचीअनुसार दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको उक्त छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श हुनेछ ।

त्यसैगरी, दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा सांस्कृतिक आदानप्रदान, दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रूपमा आयोजना गर्नेबारेमा पनि छलफल हुनेछ ।
बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका प्रमुख साझा मामिलामा पनि विचारविमर्श हुने उक्त कार्यसूचीमा उल्लेख छ ।

बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गरेको छ भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गरेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, अर्थ, वाणिज्य, ऊर्जा, कृषि, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी बैठकमा सहभागी हुनेछ ।

नेपाल–चीन परामर्श संयन्त्रको १० औँ बैठक सन् २०१३ अगष्टमा चीनको राजधानी बेइजिङमा भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....