प्रधानमन्त्री देउवाको नर्वेली राजदूतसँग भेटवार्ता

काठमाडौं, असार ६ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटरसेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराएका छन् । उनल आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गरेका छन् ।
प्रतिक्रिया