सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याएर देश विकासको लहर बढाउने :अध्यक्ष ओली

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १६:२७


मोरङ, असार ६ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट भाग्न खोज्नेलाई आफूहरूले निर्वाचनको मैदानमा ल्याएर सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याई संविधान कार्यान्वयन गराइ छाड्ने बताएका छन् ।

अध्यक्ष ओलीले उर्लाबारीसँगै जोडिएको दमकस्थित कृष्णमन्दिरमा आयोजित कोणसभामा एमालेले जनताको भारी अभिमत पाएर दमक, झापाका साथै देशभर विकास निर्माणको लहर अगाडि बढाउने योजना बनाइरहेको जानकारी दिए ।

नेता ओलीले विपक्षी दलको गठबन्धनका बाबजुद पार्टीले पहिलो चरणमा तीन प्रदेशमा ४५ प्रतिशत मत ल्याएकामा १ नं प्रदेशमा ६५ प्रतिशत मत हासिल गर्ने दाबी गरे ।

कार्यक्रममा एमाले नेता अग्नि खरेल, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापितलगायतले देशलाई समृद्ध बनाउने योजनामा एमालेको जित आवश्यक रहेको जिकिर गरे ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....