मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको प्रचण्डको भनाई

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार २०:०३


काठमाडौं, असार ६ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरद्वारा लिखित अंश नामक पुस्तकको आज लोकापर्ण गर्दै उनले भने, ‘मुलुकलाई शान्ति प्रक्रियामा ल्याएर गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले ठूलो भूमिका निर्वाह गरेकोे छ ।’

अध्यक्ष दाहालले पत्रकार सुधिर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ र प्रशान्त झाद्वारा लिखित ‘गणतन्त्र’ राजनीतिक विश्लेषणात्मक पुस्तक भए पनि मगरद्वारा लिखित ‘अंश’ राजनीतिक र पत्रकारिताको विवरणात्मक पुस्तक भएको धारणा व्यक्त गरे ।

आफू एक्लैले जनयुद्धको तयारी गर्ने भए २०४४ सालबाटै सुरु गर्न खोजेको उल्लेख गर्दै उनले २०४६ सालको राजनीतिक परिवर्तनका कारण जनयुद्धमा ढिलाई भएको बताउँदै उनले भने, ‘जनयुद्धलाई निरन्तरता दिँदा धेरै जनता मर्ने र राज्यलाई आर्थिक क्षेत्रमा समेत ठूलो घाटा लाग्ने भएकाले आफूहरू शान्ति प्रक्रियामा आएका हौँ’ भन्दै जनयुद्धको सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउन, यसलाई राम्रोसँग बुझ्न र यसका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोणबाट हेर्न आवश्यक रहेकोमा जोडसमेत दिएका छन् ।

समाजको आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध सुरु भएको उल्लेख गर्दै उनले भने, ‘आफूहरू दरबारसँग वार्ता गरेर शान्ति प्रक्रियालाई टुङ्ग्याउने कोसिश गरे पनि दरबार हत्याकाण्डका कारण उक्त कुरा सम्भव नभएपछि दिल्लीमा गएर राजनीतिक दलसँग वार्ता गर्नुपर्‍यो ।’

कार्यक्रममा बोल्दै पत्रकार मगरले माओवादी सशस्त्र द्वन्द्व र पत्रकारितामा आफूले भोगेका भोगाईलाई पुस्तकमा समेट्न खोजिएको जानकारी दिए ।

लोकार्पण गरिएको उयक्त पुस्तकमा लेखक मगरले दरबार–माओवादी भेटघाट, राजा ज्ञानेन्द्रप्रति माओवादीको नरम नीति, गोरखा जेल ब्रेकको झूटो रिपोर्टिङ, गिरिजाप्रसाद कोइराला सरकार किन ढल्यो, कृष्ण सेन दोश्रो पटक किन पक्राउ परे, महरा पटक–पटक किन मारिए, कृष्णभीर आक्रमणको सिडी, दीपेन्द्रको सगरमाथा, लेख्न नसकिएको समाचार, बाह्र बुँदे सहमति र बढ्दो माओवादी गतिविधिलगायतका विषय वस्तुलाई समावेश गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....