घटनामा कसैलाई पनि अन्याय हुन दिँदैनौँ : गृहमन्त्री शर्मा

टीकापुर, असार ७ ।
गृहमन्त्री जनार्दन शर्माले टीकापुरमा भएको घटनामा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) कैलालीद्वारा मंगलबार आयोजित कार्यकर्ता भेटघाटमा उनले टीकापुर घटनामा पीडित भएका सबैलाई न्याय दिइने बताए । टीकापुर घटना सुनियोजित भएको बताउँदै गृहमन्त्री शर्माले त्यस घटनामा माओवादीलाई फसाउने प्रयास गरिएको उल्लेख गरे ।
थारू र पहाडी समुदायलाई लडाउनका लागि टीकापुर घटना गराइएको दाबी गर्दै उनले अब त्यसलाई चुनावी माध्यमबाट चिर्न आवश्यक रहेको धारणा राख्दै उनले भने, “जनता र प्रहरीबीच खेलेर फाइदा उठाएका विभाजनकारीले घटना गराएका हुन् ।” “तर हाम्रो जनताप्रति लोकप्रियता बढेको देखेर केही दलले हाम्रो नाम मुछेका हुन् ।” उनले भने ।
जनताका एजेण्डा संविधानमा दर्ज गराउने एक मात्र पार्टी माओवादी भएको उल्लेख गर्दै गृहमन्त्री शर्माले आफूले अरू जस्तो भ्रष्टाचार गर्ने नभई मुलुक र सङ्गठनको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया