दोश्रो चरणको निर्वाचनका लागि तीन आयुक्त अनुगमनमा

काठमाडौं, असार ७ ।
दोस्रो चरणअन्तर्गत यहीँ असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन जना निर्वाचन आयुक्त खटिएका छन् ।
प्रदेश नम्बर– १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा हुने निर्वाचनको तयारी अवस्थाबारे अनुगमन गर्न खटिएका हुन् ।
आयोगकाअनुसार आयुक्त नरेन्द्र दाहाल प्रदेश नम्बर– १ को उदयपुर, सुनसरी, धनकुटा, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङका लागि खटिएको छ ।
आयुक्त ईश्वारीप्रसाद पौड्याल प्रदेश नम्बर– ५ को दाङ, रोल्पा, रुकुम, प्यूठान, बर्दिया, बाँके, रुपन्देही, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासीमा खटिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, आयुक्त सुधीरकुमार शाह प्रदेश नम्बर– ७ को कैलाली, कञ्चनपुर, वैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम, डडेलधुरा र डोटीका लागि खटिएको जनाएको छ ।
प्रतिक्रिया