म्यादी होइन, अब पाँच वर्षे सरकार चलाउँछु : अध्यक्ष ओली

काठमाडौं, असार ७ ।
सत्ता बाहिर रहेको नेकपा एमाले पनि अब पुनः सरकारमा जाने संज्ञा दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आज अर्जुनधारामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब एमाले पार्टी म्यादी सरकारमा जान इच्छा नभएको र पाँच वर्षे सरकार चलाउने तयारीमा रहेको बताएका छन् ।
उनले भने, तीन वटै चुनावपछि एमाले बहुमतसहितको ठूलो पार्टी बन्ने छ । गृह जिल्ला झापाका विभिन्न स्थानमा चुनावी सभामा व्यस्त रहेका ओलीले सो कुराको दाबी गरेका हुन् ।
अब हुने दोश्रो चरणको स्थानीयसहित प्रदेश र संसद्को चुनावमा एमाले पहिलो पार्टी हुने ओलीले दाबीसमेत गरेका छन् । उनले भने, ‘एमाले जस्केला, झ्याल र भेन्टिलेशनबाट छिरेर सरकारमा जाने पार्टी होइन, हामी सिधैँ राजमार्ग र ढोकाबाट प्रवेश गर्छौं ।
प्रतिक्रिया