उपाध्यक्ष गौतमको आरोप ‘राजपा विदेशीको इशारामा चलेको पार्टी हो’

प्रकाशित मिति: ८ असार २०७४, बिहीबार ०६:२१


बर्दिया, असार ८ ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी विदेशीको इशारामा चलेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार गुलरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, जनताका आधार गुमाई सकेकाले एउटा पनि तह जित्न सकिँदैन भनेर राजपा चुनावमा नगएको आरोपसमेत लगाएका छन् ।

उपाध्यक्ष गौतमले फिर्ता लिन नमिल्ने भए पनि सरकारले फौजदारी अभियोग लागेकाहरूको समेत मुद्दा फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको आरोप लगाए ।

निर्वाचनमा तालमेल उपर्युक्त नभएको प्रष्ट पार्दै उनले आफूहरूले नेपाली कांग्रेससँग कुनै पनि ठाउँमा चुनावमा तालमेल नगर्न निर्देशन नै गरेको उल्लेख गरे ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....