चुनावमा कसैले पनि आचार–संहिता उल्लङ्घन गरे कारबाही : आयुक्त पौडेल

दाङ, असार ८ ।
दोश्रो चरणको स्थानीय निर्वाचनको समयमा कुनै पनि पार्टीले निर्वाचन आचार–संहिता उल्लंघन गरेको पाइएमा कडा कारबाही गरिने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जोड दिएका छन् ।
दाङ जिल्लामा रहेका मातहतका कर्मचारीलाई निर्देशनात्मक भनाई राख्दै आयुक्त खनालले आचार–संहिता कार्यान्वयनमा कडाई गर्नका लागि अनुगमन टोली प्रत्येक प्रदेशका जिल्लाहरूमा खटिएको बताए ।
राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा निर्वाचन आचार–संहिता निर्माण गरिएको भन्दै उनले आचार–संहिता कार्यान्वयनका लागि कडाई गर्न अनुगमन टोलीलाई निर्देशनसमेत दिएका छन् ।
निर्वाचन तयारीको अवस्थाका बारेमा जानकारी लिन दाङ पुगेका उनले प्रतिकूल मौसममा निर्वाचन गराउन चुनौती रहेको भन्दै सहज रूपमा काम गर्न र असहज वातावरण उत्पन्न भएमा समन्वय गरेर काम गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई आग्रह गरे ।
सोही अवसरमा क्षेत्रीय प्रशासक महेन्द्र बुढाथोकीले मध्यपश्चिम क्षेत्रमा पर्नेछ । जिल्लामा स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अवस्थामा रहेको बताए । सुरक्षा दस्तालाई तयारी अवस्थामा राखिएको भन्दै क्षेत्रीय प्रशासक बुढाथोकीले निर्वाचन सुरक्षाका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएका छन् ।
प्रतिक्रिया