चिनियाँ संस्कृति सप्ताह बिहीबारदेखि सुरु

काठमाडौं, असार ८ ।
चीनको संस्कृतिलाई नेपालमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘चिनियाँ अमूर्त सांस्कृतिक संम्पदा सप्ताह’ बिहीबारदेखि सुरु भएको छ ।
स्थानीय लैनचौरमा एक सातासम्म चल्ने सांस्कृतिक सप्ताहमा चिनियाँ कलाकारले परम्परागत चिनियाँ कला प्रदर्शन गर्नेछन् । प्रदर्शनीमा चीनको तियान्जिन नगरबाट आएका कलाकारले बनाएका चिनियाँ परम्परागत कला पनि राखिएको छ । सप्ताहमा तियान्जिन अमूर्त सांस्कृतिक सम्पदा र तियान्जिन सांस्कृतिक तथा नवीन उत्पादन प्रदर्शनी, चिनियाँ चङ्गा बनाउने तथा उडाउने कलालगायत गतिविधि हुने बताइएको छ ।
नेपालका लागि चिनियाँ राजदुत यु होङले सप्ताहको उद्घाटन गर्दै चीनको संस्कृतिलाई नेपालीले नजिकबाट हेर्न पाउने विश्वास व्यक्त गरेका छन् । उनले संस्कृति सम्पदा संरक्षणका क्षेत्रमा काठमाडौं महानगर तथा चीन मिलेर काम गर्न सकिने पनि बताए ।
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदाको विकास र संरक्षणमा चीनको अनुभव उत्कृष्ट रहेको बताउँदै काठमाडौंको सांस्कृतिक सम्पदाको विकास र पुनःनिर्माणका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।
चाइना कल्चर सेन्टरका निर्देशक यिन कुन्सोङले चीनको कला तथा संस्कृतिले विश्व सम्पदामा महत्वपूर्ण योगदान गरिरहेको जानकारी दिँदै चिनियाँ सांस्कृतिक सम्पदा प्रदर्शनीले चीन र नेपालबीच सम्झदारी र मित्रता बढाउने बताए ।
प्रतिक्रिया