नबिल बैंकले सबैभन्दा बढी कर दाखिला गरेकाे सम्मानमा उद्योग वाणिज्यद्वारा विशेष कार्यक्रममा सम्मानित

काठमाडाैं, चैत २९ ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडलाई आफ्नो ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मान-पत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० मा बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पुर्याएको योगदानको कदर गर्दै प्रमाण-पत्रसहित बैंकलाई सम्मान गरिएको हाे ।
नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाण-पत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९/०८०, आ.व. २०६७/०६८, आ.व. २०७०/०७१, आ.व. २०७१/०७२, आ.व. २०७३/०७४, आ.व. २०७५/०७६, आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरीको २ सय ६८ वटा शाखा र ३ सय २० वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आइरहेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आइरहेको पनि बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया