दैनिक एक रुपैयाँ मात्र पूजा खर्च गोकर्णेश्वर महादेवको

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार १२:१०


काठमाडौं, असार ९ ।
कुनै मन्दिरमा दैनिक पूजा खर्च एक रुपियाँ रहेको छ भन्दा विश्वास नलाग्ला तर गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपैयाँ नै रहेको छ । यो एक रुपैयाँले मन्दिरमा खटिएका पाँच जनाले दामासाही लिएर पूजा गर्दै आएका छन् ।

काठमाडौं उपत्यकामा तीन सय ९६ रोपनी जग्गा आयस्ताका रूपमा रहेको गोकर्णेश्वर मन्दिरको पूजा खर्च यति लाजमर्दो मात्र छैन, महादेवको जग्गा आफ्नो नाममा कायम गरिपाऊँ भनी महादेवलाई चारवटा मुद्दा पनि परेको छ ।

स्थानीय समाजसेवी एवं गोकर्णेश्वर पुजारी खलक सुरेश चन्द्र भट्टकाअनुसार मुद्दा नहालेका महादेवका जग्गाका मोहीले वार्षिक २६ रुपैयाँ कुत बुझाउँछन् तर माकलबारीमा छ करोड रुपैयाँभन्दा बढी मूल्य आँकलन हुने महादेवको जग्गामा भने मुद्दा छ ।

समाजसेवी एवं पुजारी खलकका सुरेश चन्द्र भट्टले राजगुठीअन्तर्गत सञ्चालनमा रहेको यो मन्दिरको सुधारमा गुठी संस्थानले खासै चासो नदिएको गुनासो गर्दै उल्टै गोकर्णेश्वरको जग्गालाई केही भूमाफियाले कब्जामा लिन खोजेको बताए ।

पैसा, बल, हुलमुल, धम्की यी सबैको प्रयोग जग्गा हडप्ने सिलसिलामा मन्दिरले खेपिरहेको भट्टले बताए ।

महादेव र मन्दिर परिसरसमेत नाजुक रहँदै आएको यो अवस्थामा नेपाली सेनाको बर्दबहादुर गण र इन्द्रध्वज गणले यहाँ सरसफाइ गरी मन्दिर हेर्न लायकको बनाएको छ ।

२०६१ सालमा सरकारी गुरू योजनासहित सुधार थालिएको गोकर्णेश्वर मन्दिर र परिसरमा अहिले स्थानीय केही स्वयंसेवीले मात्र स्वेच्छाले काम गरिरहेका छन् ।

सो मन्दिर र क्षेत्र संरक्षण एवं प्रबन्ध समितिका सदस्य सचिव पुजन गौतमकाअनुसार समितिले माली र एक सुपरभाइजर राखेको छ तर मन्दिरको आय एकदमै न्यून भएकाले जसो तसो काम भइरहेको छ ।

२०५८ मा मन्दिर संरक्षण स्थानीय समिति, २०६१ मा सरकारी गुरू योजना र २०६३ मा प्रबन्ध समिति खडा भए पुरातत्व विभागले मर्मत गर्छ ।

विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाले दिने वार्षिक सामान्य रकमले यहाँ केही सुधारका काम भइरहेको सदस्य सचिव गौतमले बताए ।

गोकर्णेश्वर महादेव क्षेत्र उत्तरगयाका रूपमा पनि पवित्र मानिन्छ । हिमवत् खण्ड नेपाल महात्म्यको १४० अध्यायमा यहाँ श्राद्ध गर्दा २१ कुलको उद्धार हुन्छ भनिएको छ । कुशे औँसी र अन्य दिनका श्राद्ध कार्यमा यहाँ दिनहुँ जसो भीड हुन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

नबिल बैंकले सबैभन्दा बढी कर दाखिला गरेकाे सम्मानमा उद्योग वाणिज्यद्वारा विशेष कार्यक्रममा सम्मानित

काठमाडाैं, चैत २९ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....