आजदेखि नेपाल प्याब्सनको १३ औँ महाधिवेशन

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार १२:१४


काठमाडौं, फागुन ९ ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।

दिउँसो ४ बजेपछि चुनावी प्रक्रिया सुरु गर्ने प्याब्सनको तयारी छ । प्याब्सनको ६८ सदस्यीय नयाँ नेतृत्वको लागि मंगलबार बिहानदेखि मतदान हुने महासचिव डिके ढुंगानाले जानकारी दिएका छन् । दुई वर्षे कार्यकाल नेतृत्वका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र उपाध्यक्ष टीकाराम पुरीले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।

सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ किशोर गौतम तथा महासचिवमा राजेन्द्र बानियाँ छन् । पुरी समूहबाट वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्य रहेका छन् ।

काठमाडौंको लोयल्टी एकेडेमीका सञ्चालक तथा प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका सम्बाहाम्फे माओवादी केन्द्र निकट छन् । सम्बाहाम्फे प्यानलमा रहेका ढुंगाना कांग्रेस र महासचिवका उम्मेद्वार बानिया एमाले निकट हुन् ।

यसैगरी विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रहेका पुरीको प्यानलमा सबै एमाले निकट व्यवसायी छन् । महाधिवेशनमा देशभरका झण्डै २२ सय जना प्रतिनिधि रहने प्याब्सनले जानकारी दिएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....